भोजपुर: भोजपुरका एक ब्यक्तिमा कोरोना भाईरस (आरडिटि रिपोर्ट) पोजेटिभ देखिएको छ ।

जिल्लाको रामप्रसाद राई गाउँपालिका घर भएका २५ वर्षीय युवामा र्यापिट डायग्नोस्टिक टेष्ट गर्दा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फडिन्द्र थापाले जानकारी दिए । ति युवक सुनसरी, दुहबीमा आफ्नो घर बनाएर भोजपुर थिए ।

लकडाउन भएको बिचको समयमा १५ दिन अघि हिडेर उनी घर पुगेका थिए । तर उनलाई घर नपुगी क्वारेन्टाइनमा राखिएको थियो ।

उक्त क्वारेन्टाइनमा रहेका ६ जना मध्ये ५ जनाको रिपोर्ट नेगेतिभ आएको छ भने एक जनाको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

उनको स्वाब परीक्षणका लागि वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भईरहेको अस्पतालले जानकारी दिएको छ ।