इटहरी : कर्णालीको प्रदेशमा एक वर्षीय बालक सहित थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीबार थप ८ संक्रमित फेला परेका हुन् ।

प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणअनुसार दैलेख नारायण नगरपालिका–१ का २६ वर्षीया पुरुष, ३ का १९, ३०, ३६ र ४० वर्षीया पुरुष, ४ का १ वर्षीय बालक, २० वर्षीया महिला र ५ का १७ वर्षीय पुरुष रहेका छन् ।

कर्णालीमा यसअघि ३८ जनामा संक्रमण पुष्टि यसभन्दा अघि नै भएको र हाल संक्रमितको संख्या ४६ पुगेको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद तिवारीले बताए ।

योसहित नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ भने । बिहीबार मात्रै हालसम्म ८८ जना संक्रमित भेटिएका छन् ।

karnali