संखुवासभा :कोरोना भाइरस कोभिड–१९ को उच्च जोखिमसँगै सरकारले लकडाउन जारी गरेको लामो समय बितिसकेको छ । लकडाउनको कारणले दैनिक ज्याला मजदुरी गरेर खाने, गरिब, असहाय आदिलाई बढि समस्या पारेको छ ।
लामो समयदेखि मानिसहरूले पर्याप्त काम गर्न पाएका छैनन् । अधिकांश मानिसले श्रम नगरी बसिबसि खानुपर्ने अवस्था आयो । यस सङ्कटको घडीमा वितरण भएको राहतले दैनिक खान अप्ठ्यारो परेकालाई केहि सजिलो भयो ।
सोहि सन्र्दभमा लकडाउनको कारण समस्यमा परेका मजदुर, गरिब आदिलाई खानमा समस्या नहोस भन्दै जिल्लाका युवाहरुले स्थानिय तहहरु मार्फत मजदुर तथा गरिबलाई लक्षित गरि राहत स्वरुप खाद्यान्न सहयोग गरिरहेका छन् ।
सोहि क्रममा जेठ ६ गते निमार्ण व्यवसायी संघ संखुवासभाका महासचिव तथा अरुण बरुण निमार्ण सेवा कम्पनी प्रालिका प्रबन्धक मिगुर शेर्पाले खाँदबारी नगरपालिकालाई एक सय ५० बोरा चामल हस्तान्तरण गरे । लकडाउनका कारण खानमा समस्या भएका नागरिकहरुलाई हस्तान्तरण गरिदिन भन्दै उनले एकद्धार प्रणाली मार्फत नगरपालिकालाई चामल उपलब्ध गराएका हुन् । यो असामान्य परिस्थितिमा दैनिक ज्यालादारिमा काम गर्न समेत नपाई बिहान बेलुका छाक टार्न समस्या भएका अति विपन्न गरिब मजदुरलाई सहयोग हुने उद्देश्यले चामल हस्तान्तरण गरेको कम्पनीका प्रबन्ध निर्देशक शेर्पाले बताए । सहयोग तथा राहत स्वरुप चामल हस्तान्तरण गर्दै शेर्पाले छाक टार्न समस्या भएका गरिब मजदुर वर्गको पहिचान गरि नगरपालिकाका सबै वडाहरुमा राहत वितरण गरिदिन आग्रह गरे ।
जेठ १३ गते राष्ट्रिय युवा संघ नेपाल संखुवासभाका सहसंयोजक धु्रुव खड्का तथा युवा नेता सागर घिमिरे लगायतले खाँदबारी नगरपालिकालाई ६० बोरा चामल उपलब्ध गराए । त्यस्तै केहि समय अघि खाँदबारी नगरपालिकालाई मिङ्मा शेर्पाले एक सय २० बोरा, अरुण बरुण सहकारी सस्थाका युवाहरुले ५० बोरा र प्रभु बैक खाँदबारी शाखाले १२ बोरा चामल उपलब्ध गराएको छ ।
महामारीको यो अवस्थामा मजदूर वर्ग विशेष गरी मारमा परेको भन्दै आफुहरुले ऊनीहरुको जीवननिर्वाहमा केही सहज होस भनेर राहत स्वरुप चामल उपलब्ध गराएको राष्ट्रिय युवा संघ नेपाल संखुवासभाका सहसंयोजक धु्रुव खड्काले बताए । विपतका वेला नागरिकले पनि सरकारलाई सघाउनु पर्छ भन्दै नगरपालिकाले नगरमा भएका गरिव र असाहायको पहिचान गरेर चामल गरेर वितरण गर्नेमा आफूहरु ढुक्क रहेको खड्काले बताए ।
यता जिल्लाको पाँचखपन नगरपालिकालाई पनि केहि समय अघि नेपाल कम्युनिष्ट पाटि नेकपाका युवा नेताहरुको सक्रियतामा १ लाख ६ सय ४० रुपैंया बराबरको ७४ बोरा चामल उपलब्ध गराएको नेकपा पाँचखपन नगरपालिकाका सचिवालय सदस्य दुर्गा निलम श्रेष्ठले बताए । एकद्धार प्रणाली मार्फत राहत वितरण गर्नुपर्ने भएकाले नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरिएको श्रेष्ठले बताए ।
त्यस्तै संखुवासभाको पाँचखपन नगरपालिका २ घर भइ हाल जापानमा रहेका स्थानीय युवा मुकुन्द दाहालले विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेका छन् । उनले उनले १ लाख २० हजार रुपैंया मूल्य बराबरको ८० बोरा चामल पाँचखपन नगरपालिका वडा नं २ लाई उपलब्ध गराएको पाँचखपन नगरपालिका वडा नं २ वडा कार्यालयले जनाएको छ ।
सहयोग गर्न पाएकोमा आफुहरू पूर्ण सन्तुष्ट समेत रहेको युवाहरु बताउँछन् । आगामी दिनमा पनि सहयोग गर्न आफुहरु सदा तयार रहेको उनीहरुको भनाई छ ।
खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारी प्रसाद खतिवडाले यो समस्याको घडिमा युवाहरुले गरेको सहयोग प्रति धन्यवाद व्यतm गरे । उनले यो संकटको घडिमा युवाहरुले स्वतःस्र्फुत रुपमा सहयोग गर्नु उदाहरणिय कार्य भएको बताए ।
यस महामारीको समयमा खानमा नै समस्या भएका नागरिकहरुको खान पाउने अधिकारको ख्याल गर्दै युवाहरुको यो कदम ठुलो मानविय सहयोग मात्रै नभएर समाजका लागि महत्वपुर्ण प्रेरणाको सन्देश भएको भन्दै नगर प्रमुख खतिवडाले प्रसंशा गरे ।
उल्लेखित सहयोगहरु उदाहरण मात्रै हुन् । जिल्लाका प्रायः सबैजसो नगरपालिका तथा गाउँपालिकाहरुमा युवाहरुको सक्रियतामा खाद्यान्न लगायतका स्वास्थ्य सम्बन्धि सामाग्रीहरु सहयोग उपलब्ध गराउदै आएका छन् । युवाहरुको अलावा विभिन्न संघ सस्थाहरुले समेत राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको स्थानिय तहका प्रमुखहरुले बताएका छन् ।