इटहरी: एकता युवा क्लब इटहरीले निःसाहय बालबालिका सेवा आश्रमलाई २० हजार बराबरको राहात सामग्री वितरण गरेको छ। समाजप्रति उत्तरदायित्व वहन गर्दै १३ औं गणतन्त्र दिवसको अवसरमा वितरण गरेको हो । अध्यक्ष बिष्णु जंग क्षेत्रीको नेतृत्वमा निःसाहय बालबालिका सेवा आश्रमकी अध्यक्ष गीता गौतमलाई सो राहत सामाग्री वितरण गरेको हो।

क्लबका अध्यक्ष क्षेत्रीले सामग्री बिततरण गर्दै कोरोना भारसका कारण विश्वमा फैलिएको महामारीले निःसाहय बालबालिका समस्या परेको भन्दै मानवताको नाताले सहयोग गरिएको् अध्यक्ष क्षेत्रीको भनाई छ । आश्रमलाई सेवा भावनाले समाजप्रति उत्तरदायित्व बहन गर्दै बितरण गरेको जनाएको छ।

क्लबले खाद्यान्न तथा दैनिक उपभोग्य सामन तथा स्टेशनरी समान वितरण गरेको थियो ।