इटहरी: झापामा शुक्रबार कोरोना संक्रमित पुष्टि भएका २७ जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले राख्न नमान्दा रातभरि अस्पताल बाहिरै बसेर रात कटाएका छन् ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले प्रवेश नदिएपछि गाउँपालिकाबाट पठाइएका २७ जना कोरोना संक्रमित रातभर अस्पताल भित्र गाडीमै बसेका हुन ।
उनीहरुलाई शुक्रबार राति लगिएपनि प्रतिष्ठानको पार्किङ एरियामा गाडी भित्र राखिएको हो । संक्रमितहरुले रातभर केही खान पाएनन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार मा ६७ जना संक्रमित बसेका छन् । अस्पतालमा जम्मा ७० वटा मात्र बेड तयार रहेका कारण समस्या भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निर्देश सापकोटाले बताए ।
बीपीमा १०० बेड क्षमताको कोभिड अस्पताल बने पनि हालसम्म प्रयोगमा रहेको छैन ।
गाउँपालिकाले समन्वय नगरी पठाएकाले आयस्तो समस्या भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । ‘हामीसँग अलरेडी ६७ जना हुनुहुन्छ ।’ अरु विरामी जस्तो सहजै राख्न सकिन्न् ।’ उनले भने ‘ रातभरी लगाएर बेडको व्यवस्थापन गरेका छौं, अब भर्ना गर्छौं ।’
यता यो घटना बाहिर आएपछि अहिले प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे वीपी प्रतिष्ठान आएका छन् ।