संखुवासभामाः संखुवासभामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट आएर खाँदबारी नगरपालिका ९ मा रहेको क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरस संक्रमण देखिएको हो । उनीहरू जेष्ठ १३ गतेका दिन संखुवासभा आइपुगेका हुन् ।
कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठका अनुसार संक्रमितहरु एकजना खाँदाबारी नगरपालिका ७ का २३ वर्षीय र पाँचखपन नगरपालिका १ का २२ वर्षीय पुरुष छन्।
संखुवासभामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्। उनीहरु दुवैजनालाई एम्बुलेन्समार्फत आइसोलेसनमा लाने तयारी गरिएको छ।