इटहरीः आज दिनभरीमा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १६२ जना पुरुष र ४ जना महिला रहेको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको स्वाब परिक्षणमा झापाको गौरीगञ्जमा ४ जना पुरुषमा, विराटनगरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि सप्तरीको राजगढमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयद्धारा नियमित रुपमा आयोजना हुने पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. सुवास देवकोटाले बताए । उनका अनुसार सप्तरी राजगढका संक्रमितहरुको स्वाब परीक्षण वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण अहिलेसम्म ८ जनाको मृत्युभएको छ । अन्य थप दुई जनाको मृत्यु भएको बारेमा मन्त्रालयले कोरोना संक्रमणकै कारण हो या होइन भन्ने बारेमा परीक्षण गर्ने कार्य अगाडी बढाएको मन्त्रालयले जनाएको छ ।