भोजपुरः पौवादुङमा गाउँपालिकामामा एउटै वडामा जनप्रनीधि सहित ९ जनामा आरडिटि पोजेटिभ देखिएको छ । हिजो र आज २६ जनाको आरडिटि परीक्षण गर्दा ९ जनाको आरडिटि पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
एउटै वडामा धेरै जनामा पोजेटिभ देखिएपछि पौवादुङमा गाउँपालिकामा सील गरिएको छ । उनीहरुको स्वाव संकलन गर्ने भनिए पनि स्वास्थ्य सामाग्री अभाव भएका कारण तत्काल स्वाव संकलन गर्न प्रदेश सरकारलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय सहित आरडिटि पोजेटिभ आएको जनाएको छ ।