इटहरीः आज एकै दिन २८८ जना कोरोना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा २ हजार ९९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका ६१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनका अनुसार कुल संक्रमित मध्ये ८ जनाको ज्यान गईसकेको छ । १ लाख ४५ हजार क्वारेन्टाइनमा रहेका छन् ।
काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मी हुन् ।