इटहरी: इटहरी २ का कोरोना संक्रमित १९ वर्षीय युवाको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
कोभिड १९ अस्पताल बिराटनगरमा उपचाररत युवाको उपचारमा संलग्न अस्पतालका चिकित्सकको भनाइ अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको वताईएको छ ।
उनको फोक्सो सम्वन्धि लगायतको जाचँ पनि गरिएको र सवै रिपोर्ट नेगेटिभ र नर्मल आएको छ । अस्पताल भर्ना भई सकेपछिको पहिलो पिसिआर टेष्टको लागि पठाईएको तर रिपोर्ट आउन वाँकि छ ।
उक्त रिपोर्ट पनि नेगेटिभ आए उनलाई केही दिनमै अस्पताल देखि डिस्र्चाज गर्ने तयारी भईरहेको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख राम कुमार धमलाले जानकारी दिए । गत जेठ ६ गते ति युवामा कोरोना संक्रमण देखिएपछि कोभिड १९ अस्पताल विराटनगर स्वास्थ्य उपचारका लागि लगिएको थियो ।