इटहरी :दुई हप्ताअघि भारतबाट आएका सुनसरीका सातजना कोरोना संक्रमण पुष्टि भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आलम अन्सारीका अनुसार भारतको गुजरातबाट आएका उनीहरूमा पीसीआर टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो । भोक्राहा नरसिंह गाउँपालिका ८ को जामिया जियाउल उलुम मदरसाको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये पीसीआर टेस्ट गर्दा सात जना संक्रमित पाइएको अन्सारीले बताए ।

पहिलो चरणमा ४० जनाको पिसिआर परीक्षण गर्दा ७ जनामा पोजेटिभ देखिएको र अन्य बाकीँ १३ जनाको पिसिआर टेष्ट गर्ने तयारी भईरहेको छ । कोरोना संक्रमण पुष्टि हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का एक पुरुष, वार्ड नम्बर ४ का चार पुरुष, वार्ड नम्बर ५ र वार्ड ८ का एक(एक पुरुष गरी सात जनामा कोरोना देखिएको हो । पाँच दिनअगाडि कोशी अस्पताल विराटनगरबाट आएका स्वास्थ्यकर्मीको टोलीले उनीहरूको स्वाब टेस्ट गरेका थिए । कोरोना संक्रमण पाइएपछि उनीहरूलाई थप उपचारका लागि धरान पठाइएको छ ।