रंगेलीः रंगेली नगरपालिका मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा रंगेली नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरु भारतको नब्बेपुरा भन्ने स्थानबाट आएका हुन ।

१४ जेठमा आइपुगेका संक्रमित जनता क्याम्पसको क्वारेन्टाइनमा थिए ।१५ गते स्वाब संकलन गरी पठाएकोमा बुधबार पोजेटिभ रिपोर्ट आएको नगरपालिकाका प्रमुख मेयर दिलिप बगडिया ले बताए । उनीहरु मध्ये धनपालथान गाउँपालिकाका ५ जना र रतुवामाई नगरपालिकाका ४ जना र रंगेलीका ८ जना थिए ।

रंगेलीका ८ जना मध्ये २ जनामा संक्रमण पुष्टि भएको र बाँकी ६ को रिपोर्ट नेगेटिभ आएको मेयर वगडियाले बताए । नगरपालिकामा १०९ जनाको पिसिआर परिक्षणगर्दा पछिल्लो १९ जना मध्ये २ जनामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ ।