इटहरी : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप एक व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए । भर्ना भए लगत्तै उनको अपरेसन गरिएको थियो । उनलाई १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । मृत्यु भई सकेपछि रिपोर्ट पोजेटिभ आएको छ ।