विराटनगरः विराटनगरको भारत सिमावर्ती वडामा महानगरपालिकाले स्वास्थ्य केन्द्र संचालनमा ल्याएको छ ।
वडा नं. १६ दरैया बस्तीमा स्वास्थ्यकेन्द्र स्थापना गरेको गरिएको हो । यसको शुभारम्भ आज विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका छन् । यो भारतसंग जोडिएको वडा पनि हो । स्थानीयमा स्वास्थ्य सेवाको पहँुच बढाउने उद्देश्यसाथ स्वास्थ्यकेन्द्र स्थापना गरिएको मेयर पराजुलीले जानकारी दिएका छन् । भने,“स्वास्थ्य केन्द्र नहुदा विशेष गरी बृद्धवृद्धा,गर्भवती र बालबालिकाहरुले समस्या बेहोरिरहेका थिए । एक जना डाक्टर र नर्स रहने गरी स्वास्थ्यकेन्द्र स्थापना गरेका हौं ।” स्वास्थ्य चौकी खुलेसंगै स्थानीयहरु खुसी भएका छन् । कोरोनाका कारण सामान्य जाच गर्न समेत कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै महानगरले काम गरिरहेको मेयर पराजुलीले बताए ।
यस्तै वडाध्यक्ष मनोज सुव्वाले जटिल परिस्थितीमा स्थापना भएको स्वास्थ्यकेन्द्रबाट वडावासीलाई राहत पुग्ने बताए । भने,“कोरोना परीक्षणको दर बढाउन जरुरी छ ।” विराटनगर महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले स्वास्थ्य सेवा दिन कुनै कसर बाँकी नराख्ने सुनाए । महानगरले यसभन्दा अगाडि वडा नं.४ को इक्राइ चोकमा आधारभूत स्वास्थ्यकेन्द्र स्थापना गरेको थियो ।