विराटनगरः भारतबाट आई विराटनगरको क्वारेन्टाइनमा अवधि पार गरेका १९ जना घर फर्केका छन् ।
विराटनगर महानगरपालिका क्षेत्रका विभिन्न वडाका उनीहरुकोकोरोना परीक्षणपछि घर पठाइएको हो । परीक्षण नतिजा नेगेटिभ देखिएको विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले बताएका छन् ।
स्वास्थ्यमा केही समस्या देखिए स्वास्थ्य संस्था या स्वास्थ्यकर्मीलाई खबर गर्न निर्देशन दिई क्वारेन्टाइन अवधि सकाएकाहरुलाई बिदा दिइएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की जानकारी दिएका छन् ।
भारतबाट आउनेहरु बस्नको लागि विराटनगर महानगरपालिकाले विभिन्न सामुदायिक भवनहरुमा क्वारेन्टाइन स्थल संचालन गरेको छ ।