इटहरीः मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ का २४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएका उनी गोठगाँउ स्थित पूर्वाअञ्चल विश्वविद्यालय परिसरमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए । उनको स्वाब प्रादेशिक जनस्वास्थ्य कार्यालय विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।