प्रदेश १ बाट कोरोना निको भई एकै दिन ३० जना डिस्चार्ज

  • जेठ २२, २०७७
  • ७३७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः कोरोना भाइरसलाई जितेर आज प्रदेश १ बाट ३० जना डिस्चार्ज भई घर फर्किएका छन् । कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जना गरि ३० जना कोरोना संक्रमति निको भएका हुन् । सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार प्रदेश नम्बर १ मा योसंगै डिस्चार्ज हुनेको संख्या ७८ पुगेको छ ।
विराटनगरबाट आज डिस्चार्ज हुनेमा २३ जना पुरुष र ४ जना महिला रहेका छन् । आज डिस्चार्ज हुनेहरु वैशाख ५ गते देखि जेठ ९ गते सम्म उपचारका लागि कोभिड १९ अस्पताल भर्ना भएका थिए । गत वैशाख ५ गते अस्पताल भर्ना भएका विराटनगर १७ का ५७ वर्षीय कासिम मिया रहेका छन् । उनलाई उदयपुरको भुल्केमा संक्रमण भएको थियो । जेठ ९ गते भर्ना भएर डिस्चार्ज हुनेमा मोरङ रतुवामाईका ३६ वर्षीय जफार मिया रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक ज्ञानबहादुर वस्नेतले बताए ।

आज डिस्चार्ज हुनेहरुमा सप्तरीका रामदुल्ला मिया, रवनकुमार साह, उदयपुरका मोहम्वत सविर अलि, कविरा खातुन, राकेश नेपाली, विराटनगरका आनन्दकुमार मेहत्तर, रिंकु सहनी, धनकुटाकी शिला लिम्वु, गणेश बुढाथोकी, बादल गनगाई, मोरंग रतुवामाईका मम्ताज आलम, झापा कचनकवलका मुसाफिक आलम, तयव आलम, नुर आलम, सहवाज मियाँ, सनवाज मियाँ, फिरदोज आलम, इम्तियाज आलम, सुनसरीका गोविन्द चौधरी, विमल रेग्मी, अरविन्द श्रेष्ठ, निहाङ राई, मोरंग पथरीशनिश्चरेका रमेश कार्की, खोटाङका दिपेन्द्र राई, संखुवासभाका निशा थापामगर रहेका छन् ।
डिस्चार्ज भएका सवैलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डा.संगीता मिश्रा, कोभिड अस्पताल संयोजक ज्ञानबहादुर वस्नेत लगायतले पुष्पगुच्छा प्रदान गरि विदाई गरेका थिए । डिस्चार्ज भएका सवैलाई संवन्धित जिल्ला पठाईएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

‘बाँचे हजुरलाई’ को छायांकन सकियो

इटहरीः नेपाली ‘आधुनिका डान्सीङ’ गीत ‘बाँचे हजुरलाई’ को छायांकन सकिएको छ । ने ...

न मास्क न सामाजिक दुरी, धुमधामका साथ पुजाआरधना र बलि चढाइयो

इटहरीः सुनसरीको इटहरी उपमाहानगरपालिका वडा नम्बर १३ खनारमा धुमधामका साथ दुर्गामाताको ९औँ स्वरुप ...

यसरी भएको छ ,दशैँःआशीर्वादको रूपान्तरण

एउटा भनाइ नै छ,'जस्तोसुकै मनमुटाव भए पनि दशैँमा टीका लगाउन जानू, सबै मनमुटाव निर्मूल हुन्छ।' दशैँ स ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved