इनरुवाः इनरुवा बजारको मध्य भागमा रहेको भगवती मावि इनरुवामा क्वारेन्टाईन स्थापना गरि भारतका विभिन्न स्थानबाट घर फर्कि आएका मानिसलाई राख्न थालेपछि आपपासका स्थानिय त्रसित बनेका छन ।
इनरुवा नगरपालिकाले नयाँ बसपार्कमा सञ्चालन गरेको २० वेडको क्वारेन्टाईन खाली नभएपछि एकसातादेखि भगवती माविमा क्वारेन्टाईन संचालन गरिएको हो ।
भगवती मावि इनरुवाका व्यवश्थापन समितिका अध्यक्ष इसराइल मन्सुरीले भने इनरुवा बजारको मध्य भागमा बजार पसल र बाक्लो वस्ती रहेको भगवती माविको भवनलाई भारतबाट आएका मानिसहरु राख्ने क्वारेन्टाईनका रुपमा प्रयोग गर्नु नगरपालिका र सुनसरी प्रशासनको गम्भीर लापरवाही भएको बताए ।
भगवती माविको क्वारेन्टाईन स्थलमा राखिएका मानिसहरु कोठाबाट बाहिर खुल्ला चौरमा घुमफिर गर्ने, जथभावी दिसा पिसाब गर्ने, कम्पाउण्ड वालबाट बाहिरको दृष्य हेर्ने लगायत क्वारेन्टाईनको नियम विपरितका कामहरु गर्न थालेपछि आसपासका स्थानियहरु त्रसित भएका हुन ।
भवगती टोल विकास सस्थाँका गुणानन्द झाले बाक्लो वस्तीका बिचमा रहेको भगवती माविको चारै तर्फ घर बसोबास रहेकाले केटाकेटीहरु लामो समयदेखी भएको लकडाउनले बजार लगायतका खुल्ला स्थानमा घुमफिर गर्न जान नपाएपछि कम्पाउण्ड वालबाट भगवती स्कुलको चौरमा प्रवेश गरेर खेल्ने शितलका लागी छहारीमा बस्ने लगायतको काम गर्दै आएकाले क्वारेन्टाईनमा बसेका मानिसहरु सक्रमित भएको अवश्थामा आसपासका मानिसहरुमा समेत सक्रमण फैलिने जोखिम बढेको बताउछन ।
विद्यालय व्यवश्थापन समितिका अध्यक्ष मन्सुरीले भने इनरुवा नगरपालिकाका मेयर राजन मेहताले विद्यालय सग पुर्व स्वीकृती नलिई प्रधानअध्यापकलाई विद्यालयको चावी माग गरेर क्वारेन्टाईन राख्नु दुखःद भएको बताए ।
विद्यालयको भौतिक संरचना र चल अचल सम्पतीको सुरक्षाका लागी चौविसै घण्टा रेखदेख गर्ने कर्मचारीलाई स्वास्थ्य सुरक्षाका लागी पिपिई लगायतका कुनै पनि सामग्री नदिएकाले उनीहरुले समेत रेखदेख गर्न छाडेकाले सामानहरु चोरी हुने सम्भावना बढेको बताए अध्यक्ष मन्सुरीले बताए
विद्यालयले चौर अगाडीको भागमा भवन निमार्ण कार्य सुरु गरेकाले बिहानदखी बेलुकासम्म भवन निमार्ण कार्यमा दुई दर्जन मजदुर कार्यरत रहेकाले उनीहरु सामान लिनका लागी क्वारेन्टाईन स्थल वरपर जादाँ सक्रमण फैलिने खतरा समेत बढेको मन्सुरीले बताए ।
भगवती टोल विकास सस्थाँका विश्वनाथ ओझाले भने भगवती मन्दीरमा बिहान बेलुका स्थानियहरु पुजाआजा गर्न आवतजावत गर्ने गाँउका केटाकेटीहरु खुल्ला चौरमा खेल्ने घुम्ने शितलमा बस्ने गरेकाले वस्तीको बिच भागमा क्वारेन्टाईन संचालन गरेर स्थानियहरुलाई मानसिक रुपमा समेत त्रसित बन्ने अवश्था आएको बताए ।
इनरुवा नगरपालिकाका मेयर राजन मेहताले पश्चिम नेपालमा क्वारेन्टाईन स्थलबाट मानिसहरु भाग्ने गरेको घटनाले भगवती मावि अगाडी जिल्ला प्रहरी कार्यालय रहेकाले इनरुवामा क्वारेन्टाईनमा बसेका मानिसहरु भाग्ने सम्भावना कम रहेकाले सुरक्षाका हिसाबले भगवती स्कुलमा क्वारेन्टाईन बनाएको बताए ।