धरानः बराहक्षेत्र स्थित महेन्द्र मावि क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत जेठ ११ गते भारतबाट आएका तिन जनामा संक्रमण पोजिटिभ देखिएको हो । यो संगै सुनसरीमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । गत मंगलबार विराटनगर स्थित कोशी अस्पतालमा उनीहरुको स्वाब परिक्षणका लागि पठाएको थियो । कोरोना संक्रमण देखिएका बराहक्षेत्र वडा नम्बर ८ का २ जना र वडा नम्बर ७ का १ जना रहेका छन् ।

महेन्द्र माविको क्वारेन्टाइनमा ६४ जना भारतबाट आएर बसेका छन् । त्यसै गरि प्रकाशपुरको प्रकाश माविमा ६० जना क्वारेन्टाइन्मा बसेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार करिब दुई हप्ता अघि ४ जनामा कोरोना सक्रमण देखिएको थियो भने बुधबार ७ जना र विहिबार ५ जनामा संक्रमण देखिएको थियो । विहिबार देखिएका ५ जना मध्ये बराहक्षेत्रका ३ जना र भोक्राहामा भेटिएका संक्रमित मोरङ र ताप्लेजुङको रहेको बुझिएको छ ।