इटहरी: दिव्य लघुवित्त वित्तीय संस्था द्धारा आफ्ना सम्पुर्ण कर्मचारीहरुको एक लाख बराबरको कोरोना बिमा गरेको छ । संस्थाले फिल्डमा कार्यरत कर्मचारीहरुको स्वास्थ्यमा बिशेष ख्याल गर्दै कोरोनाबाट हुन सक्ने संभाबित जोखिमको रक्षावरण गर्न यो कार्य गरिएको संस्थाले जनाएको छ ।

उक्त लघुबित्त संस्था र प््राुडेन्सियल इन्स्योरेन्सको साझेदारीमा उक्त बिमा कार्य गरिएको हो । सम्झौता अनुसार अब संस्थाका कुनै पनि कर्मचारीको कोरोना भाईरस परिक्षण गर्दा पिसिआर टेष्ट पोजेटिभ पाइएमा इन्स्योरेन्सले एक लाख क्षतिपुर्ति बापत उपलब्ध गराउने सम्झौता भएको लघुवित्तका नि. प्रमुख कार्यकारी अधिकृत नवराज पोखरेलले जानकारी दिए ।

संस्थाको केन्द्रीय कार्यालय काभ्रे जिल्ला स्थित नमोबुद्ध नगरपालिकामा रहि ५ वटा प्रदेशमा कार्य गरि रहेको छ । हाल उक्त संस्थामा १५ हजार घर परिवारका सदस्यलाई लघुवित्तले सेवा प्रबाह गर्दै आएको छ ।