इटहरीः कोरोना भाइरस संक्रमणका कारण नेपालमा ११ औ व्यक्तिको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–९ स्थित जनता माविमा रहेको क्वारेन्टिनमा रहेका सुर्खेत हाँसेगाउँ निवासी २० वर्षीय पुरुषको आरडीटी चेक गर्दा नेगेटिभ आएको थियो ।
त्यसलगत्तै उनलाई घर पठाइएको थियो ।
बिहीबार बिहानै उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसलगत्तै उनको स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो । त्यहाँ कोरोना पोजेटिभ आएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीसहित कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि पाल्पाका ४५ बर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मत्यु भएको थियो ।