इटहरी: सुनसरीमा शुक्रवार थप १६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक प्रयोगशाला कोशी अस्पताल विराटनगरमको प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीको हरीनगरा क्वारेनटाइनमा बसेका १२ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै बर्जु गाउँपालिकाको थप ३ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थो अव्जरभेसन वार्डमा उपचारमा रहेकी बराहक्षेत्र नगरपालिकाकी १ बालिकामा पनि कोरोना पुष्टि भएको ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको संख्या ३३ पुगेको छ ।यस विषयमा स्वास्थ्य मन्त्रालयले कुनै जानकारी गराएको छैन ।