ईटहरी :ईटहरी २ का १९ वर्षिय युवा कारोना भाईरस जितेर घर फर्किएका छन् । उनलाई हिजो कोभिड १९ अस्पताल बिराटनगरबाट हिजो डिस्चार्ज गरिएको हो । बिहिबार कोशी अस्पतालबाट ३० जना डिस्चार्ज गरिएका मध्ये यिनि पनि एक हुन् ।

उनी अहिले घरमा रहेका छन् भने स्वास्थ्य अबस्था पनि सामानय रहेको उनले बताए । उनी भन्छन् आत्मबल बढायो, बाहिरी हल्लाको पछि नलागे कोरोनालाइृ जित्न सकिने बताउँछन् । ति युवालाई गत जेठ ६ गते कोरोना देखिपछि अस्पताल भर्ना गरिएको थियो ।