धरान:धरानमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।
धरान १७ एन्फा एकेडेमीस्थित क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
एन्फा क्वारेनटाईनमा रहेका ४५ जनाको पिसिआर परीक्षणको लागि बिहिबार स्वाब संकलन गरिएको थियो । ति मध्ये एक जना ३० बर्षीय पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।
उनी भारतको महाराष्ट्रस्थित मुम्बाईबाट अन्य २ जना साथीसहित नेपाल आएका थिए । उनीहरु जेठ १८ गते एन्फा क्वारेन्टाइनमा आएका हुन् ।
संक्रमित ब्यक्तिलाई राती १० बजे नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड १९ अस्पतालमा लगिएको छ ।