सर्जकका सृजना भाग १ः कवि तारा पराजुलीका ५ कविता(भिडियोमा)

  • जेठ २४, २०७७
  • ८४१ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः आदरणीय पाठक, श्रोता तथा दर्शक मानुभावहरु आजबाट हामीले प्रदेश पोर्टल डटकमको युटुब च्यानल प्रदेश पोर्टलमार्फत साहित्य क्षेत्रमा सर्मपित सर्जकहरुका ५ सृजनालाई यहाँहरु माझ पस्केका छौं ।
सर्जकका सृजनाको पहिलो भागमा मोरङको बेलबारीमा रहेर साहित्य सृजनामा लामो समयदेखि सर्मपित कवि तारा पराजुलीका ५ वटा कविता रचना गर्भसहित लिएर आएका छौं । अब हामी प्रत्येक शनिवार सर्जकका सृजनाहरु भिडियो सहित लिएर आउने छौ । यहाँहरुको सल्लाह सुझाव र प्रतिक्रियाको आशा पनि राखेका छौं ।
आजको पहिलो भागमा कवि पराजुलीका दर्जनौ कविता मध्ये रहर भिजेको मौसम, एउटा परदेशीलाई सम्झेर, गिट्टीमा सपनाहरु कुटेर, भोजपुरसँगै ट्याम्के र अस्वीकृत उपहारको रचना गर्भसहित भिडियोमा कवि स्वय्म तपाईहरु सामु उपस्थित भएकी छन् ।
उनि समकालीन राजनीति र कविता दुवै क्षेत्रमा अग्रगामी चेतनासहित क्रियाशील छिन् । त्यसैले उनका अधिकांश कविताहरु राजनीतिको तातो गर्भबाट जन्मिएका हुन्छन् । जसले आजको बदलिँदो समाज,फेरिँदो सौन्दर्य, भत्कँदो सङ्क्रमण र उदाउँदो सपनाहरुलाई जीवन्त बिम्बहरुमा उतारेका छन् ।
समाजका थुप्रै जडता, विसङ्गति र अन्धकारहरुको विपक्षमा उभिएर मान्छेको स्वतन्त्रताका लागि लडिरहनु उनका कविताको गन्तव्य हो ।
कक्षा ४ मा अध्ययन गर्दादेखि नै साहित्य सृजनामा लागि परेकी कवि पराजुलीका ४ वटा बालकथा र एउटा कविता संग्रह प्रकाशित भईसकेका छन् । उनका दर्जनौ कविताहरु देश विदेका बिभिन्न संचारमाध्यमहरुका प्रकाशित भईसकेका छन् । उनले लेखेका १६ वटा गीतहरु देशका चर्चित गायक गायिकाहरुले आफ्नो स्वर भरी सकेका छन् । बाँकी यो भिडियोमा ।

प्रतिक्रिया दिनुहोस

निगमको फेरि अर्को सहयोग बलात्कार पीडित बालिकालाई

इटहरीः स्थायी घर काठमाडौ भई हाल क्यानडा बस्ने निलम खनालले बेलबारीकी एक बलात्कार पीडित बालिकालाई आर्थ ...

केरावारीको खदम खोलामा अवैध नदि उत्खनन्, अध्यक्ष र उपाध्यक्षविच समन्वयको अभाव

इटहरीः मोरङ जिल्लाको केराबारी गाउँपालिकामा रहेको खदम खोलामा अवैध उत्खनन् सुरु भएको छ । चुरे क्षेत्रम ...

सरकारले तोकेको शुल्क नमान्ने निजी ल्याबको अडान

इटहरीः नेपाल सरकारले कोरोना संक्रमण परीक्षणका लागि कायम गरेको दुई हजार रुपैयाँ शुल्कमा परीक्षण ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved