इटहरीः विद्यालय व्यवस्थापन समितिको नेतृत्व असल व्यक्तिले पायो भने सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा मात्रै होइन, शैक्षिक गुणस्तरमा पनि कायापलट नै हुने रहेछ भन्ने उदाहरण यतिबेला यतिबेला बनेको छ, इटहरी १७ स्थित पकली उच्च माध्यामिक विद्यालयल ।
०७४ सालमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त गरेका बिनोदकुमार झाले पकली उच्च माध्यामिक विद्यालयलाई भौतिक पूर्वाधार विकास र शैक्षिक सुधारको पाटोमा उत्कृष्ठ विद्यालय बनाउने योजना अनुसार नै निरन्तर कार्य गरेका कारण आज सबैले प्रशंसा गर्न लायक विद्यालय बनाउन सफल भएका छन् । ०७४ सालअघि विद्यालय प्रशासनका कारण ५ बर्षसम्म व्यवस्थापन समिति नेतृत्व विहिन अवस्थामा लाथालिङ बनेको पकली उच्च माध्यामिक विद्यालयले एकाएक काँचुली फेर्नुमा व्यवस्थापन समितिका अध्यक्ष झाकै कुशल नेतृत्वलाई श्रेय जान्छ ।
उनको विद्यालय सुधार अभियानमा अभिभावक संघ, विद्यालय प्रशासन र विद्यार्थीहरुको समेत साथका कारण संभव भएको हो । डिग्री होल्डर शिक्षक शिक्षिकाको दरबन्दी कायम देखि लिएर नियमित पठनपाठनलाई कडाईका साथ विद्यालयमा लागू गराएका थिए । उनले बर्षा याममा पानीले पुरै डुब्बे विद्यालयको प्राङ्गणलाई व्यवस्थित मात्रै बनाएनन्, स्तरीय सूचनाप्रविधि ल्याब निर्माणको कार्य पनि गरे । विद्यालयमा कुन कक्षा कोठा शिक्षक शिक्षिका के कसरी पढाईरहेका छन् ? कुन कुन शिक्षक शिक्षिका अनुपस्थित भए ? कति समय पढाए सबै हेर्न मिल्ने गरि सीसी क्यामेरा जडान समेत गरे । यति मात्रै होइन, इटहरी उपमहानगरको सहकार्यमा उपमहानगरको शिक्षा शाखाबाटै सीसी क्यामेराको माध्यमबाट मनिटरिङ गर्ने व्यवस्था समेत मिलाए ।
झाकै पहलमा विद्यालयमा यतिबेला धमाधम विज्ञान प्रयोगशाल निर्माणको कार्य भईरहेको छ । सूचना प्रविधि प्रयोगशाला निर्माणका लागि विद्युत प्राधिकरण र प्रदेश नम्बर १ सरकारबाट आवश्यक सहयोग प्राप्त गरेको झाले बताए । विज्ञान प्रविधि प्रयोगशाला निर्माणमा भने प्रदेश १ सरकारकै वन वातावरण, उद्योग तथा पर्यटन मन्त्रालयबाट आवश्यक रकम निकासा गराई निर्माणको कार्य पुरा गर्ने तरखरमा झा लागि परेका छन् ।
उनले विद्यालयमा विद्यार्थीहरुका लागि मिनि सभाहल, छात्राहरुका लागि अलग्गै शौचालय निर्माणको काम पनि गरेका छन् । छात्राहरुलाई मिन्स हुँदा समस्या नहोस भन्ने हिसाबले व्यक्ति शौचालय निर्माण गरिएको उनले बताए । विद्यालयले उनिहरुका लागि निःशुल्क प्याड वितरणको काम पनि शुरु गरेको उनले जनाए । लथालिङ अवस्थामा रहेको विद्यालयको प्रवेशद्धारालाई पनि उनले चिटिक्क र मजबुद बनाएका छन् ।
विद्यालय प्राङ्गणमा उनले बिभिन्न प्रजातिका फुलहरु लगाएर विद्यालयमा थप आकर्षण थप्ने कार्यपनि गरेका छन् । विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि गर्नका लागि क्षमतावान शिक्षक शिक्षिका दरवन्दी कायम गर्नुको साथै निमित पठपाठनलाई समय सुहाउँदो हिसाबले गराउन थालनी पनि झाले नै गरेका छन् । उनले नियमित रुपमा विद्यालय प्रशासन, शिक्षक शिक्षिका , अभिभावक र विद्यार्थीहरुसंग छलफल गरि प्रदान गरिने शिक्षालाई थप गुणस्तरीय बनाउन लागिपर्दै आएका छन् ।
झाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी लिएपछि ३ सय बढी विद्यार्थी भर्ना समेत भएका छन् । हाल सो विद्यालयमा ६ सय ११ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा भएको भौतिक पूर्वाधार निर्माण देखि शैक्षिक क्षेत्रमा भएको सुधारका कारण अभिभावक र विद्यार्थीहरुको आकर्षण प्रतिदिन बढ्दै गएको छ । धेरै नै नीजि विद्यालयका विद्यार्थीहरु पढ्दै गरेको नीजि विद्यालय छाडेर पकली उच्च माविमा भर्ना हुन गत बर्षको शैक्षिक शत्रमा आएको उनले बताए । यो शैक्षिक शत्रमा पनि धेरै विद्यार्थीहरु भर्ना हुन आउने तयारीमा रहेको तर लकडाउनका कारण विद्यालय बन्द हुँदा हाललाई त्यो संभव नभएको झाले बताए । सहज हुँनसाथ आवश्यक वातावरण मिलाएर भर्ना अभियान थाल्ने उनको भनाई छ । उनका अनुसार समय अनुसार विद्यालयले प्राथकिम तहबाटै अंग्रेजी तथा नेपाली माध्यमबाट पठनपाठन गराउन थालिएको छ ।
झाले व्यवस्थापन समितिको अध्यक्ष भएपछि कक्षा कोठामा विद्युतको आपुर्ती सहज बनाई पंखा संचालनमा ल्याएका छन् । शुद्ध खानेपानीको व्यवस्थादेखि लिएर दिवा खाजा कार्यक्रमलाई पनि थप प्रभावकारी बनाएका छन् । गरिब तथा दलित विद्यार्थीहरुलाई प्रोत्सान कार्यक्रम , पुस्ताकालय व्यवस्थापन र इन्टरनेट जडानको काम पनि झाले विद्यालयमा गरेका छन् । विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा संचालन गर्नुका साथै प्राथमिक तहका विद्यार्थीहरुको क्षमता विकासका लागि बालक्लब र ग्रिन क्लब गठन जस्ता कार्यपनि झाले गराएका छन् ।