इटहरी: सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकामा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्थानीय भगवती माबिको क्वारेन्टिनमा बसेकाहरुको स्वाब परिक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण पुष्टि हो ।

उनीहरु २७ र २८ बर्षका पुरुष रहेको इनरुवा नगरपालिकाकी उपप्रमुख जानुका देवी गौतमले जानकारी दिइन् । संक्रमित इनरुवा नगरपालिका २ र ८ का बासिन्दा हुन । उनीहरु दुवै जना भारतको दिल्लीबाट केही दिन अघि आएका थिए ।

उनीहरुलाई उपचारका लागि कुन अस्पताल लाने भन्ने बारे छलफल भईरहेको उपप्रमुख गौतमले बताइन् । दुवै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको छ । यो सगैं सुनसरीमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।