विराटनगरः प्रदेश १ कोरोना संक्रमितको संख्या दुई सय ७७ पुगेको छ । रोग ठिक भएर कोशी अस्पताल र विपी प्रतिष्ठानबाट अहिलेसम्म ९० जना डिस्चार्ज भईसकेका छन् ।
प्रदेश १ का विभिन्न पालिकाहरुमा सोमबार थप २० जनामा कोरोना संक्रमित फेला परेका छन् । कोरोना सूचना डेस्कका अनुसार मोरङमा ९, झापामा १० र सुनसरीमा एक जनामा संक्रमण पुष्टि भएको हो ।
झापाको गौरीगञ्ज गाउँपालिकामा ७, हल्दीबारी गाउँपालिकामा २ र मेचीनगर नगरपालिकामा एकजनामा रोग पुष्टि भएको हो । सुनसरीको कोसी गाउँपालिकामा १ जनामा, मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा दुई दुई जनामा संक्रमित भेटिएका छन् । धनपालथान गाउँपालिकामा एक महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको कारोना सूचना डेस्कले जनाएको छ ।
संक्रमितहरूलाई उपचार गर्न कोशी अस्पतला, विपी प्रतिष्ठान धरान र कोरङको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा उपचार गरिंदै आएको छ ।