इटहरी: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका थप २८ जना कोरोना जितेर घर फर्किएका छन् ।
प्रतिष्ठानका अनुसार १८ देखि ५६ वर्ष उमेर समूहका २८ जना पुरुषलाई डिस्चार्ज गरिएको छ । धरानमा अब ५५ जना उपचाररत छन् ।
मंगलबारसम्म धरानबाट डिस्चार्ज हुनेको संख्या ६१ पुगेको छ । प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ११८ पुगेको छ ।
प्रदेश १ मा २७७ जना कोरोना पोजेटिभ छन् । कोरोना पुष्टि भएकामध्ये १५९ जनाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।