बराहक्षेत्र: सुनसरीमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित बराहक्षेत्र नगरपालिका  ८ नम्बर वडाका ३० बर्षिय युवक हुन। उनी बराहक्षेत्र ६ स्थित महेन्द्र माबिको क्वारेन्टिनमा रहेका थिए । 

उक्त क्वारेन्टिनमा रहेका २० जनाको स्वाब संकलन गरिएकोमा मंगलबार एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको बराहक्षेत्र नगरपालिकाकि स्वास्थ्य शाखा प्रमुख सुलोचना चौधरीले जानकारी दिइन। उनका अनुसार संक्रमित ब्यक्ति
स्वाब संकलन गरिएको हप्ता दिन ढिलो गरि आएको रिपोर्टमा २ जना स्वास्थकर्मीको पनि स्वाब परिक्षण गरिएको थियो जसमा दुबै जनाको जनाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको नर्सिङ प्रमुख दीपा अधिकारीले बताइन। अधिकारीका अनुसार आज १४ जनालाई होम क्वारेन्टिनमा पठाएइको छ भने संक्रमित एक युवा सहित उनका ग्रुपमा रहेका ५ जनालाई यथास्थानमा राखिएको छ।
यसैगरी बराहक्षेत्रमा अन्य स्थानबाट आएका ब्यक्तिहरु कालाबंजरमा ७, मधुबनमा ११, प्रकाशपुरमा ५९ र चक्रघटिमा १४ जना गरि ९१ जना क्वारेन्टिनमा रहेका छन। यो संगै सुनसरीमा संक्रमितको संख्या ४२ पुगेको छ ।