इटहरी :प्रदेश एकको ओखलढुंगा बाहेक सबै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । प्रदेश एक भित्र १४ जिल्ला रहेका मध्ये १३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । इलाममा आज पहिलो पटक कोरोना संक्रमित फेला परेको छ ।
मंगलबार कोशी अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा इलाममा एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।
हालसम्म संक्रमण नदेखिएको इलाममा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि नेपालमा संक्रमण देखिएको जिल्ला ७२ पुगेको छ ।
नेपालका ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुम पश्चिम र रसुवा जिल्लामा हालसम्म कोरोना संक्रमण देखिएको छैन ।
मंगलबार इलाम, सुनसरी र मोरङमा ५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २८२ पुगेको प्रदेश सरकारले जनाएको छ ।