इटहरी :नेपालमा पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा नयाँ संक्रमित थपिएका हुन्।मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार मोरङका ८, झापाका ५, चितवनका २, उदयपुरका ४, नवलपुरका १, सर्लाही २७, कपिलवस्तुका ४८, नवलपरासी पश्चिम ५, पाल्पाका १२, प्युठान ६, रुपन्देही ७, बाँके ३, बर्दिया १, सप्तरीका ६, दैलेखका २५, जाजरकोटका ३, सुर्खेतका ९, दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १, धादिङका १६, धनुषाका ११, गोरखा ४, नुवाकोटका १, रौतहटका ५३, सिन्धुपाल्चोकका २, सिरहाका १ जना छन्।
यो सँगै देशभर कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ।

अहिलेसम्म मृतकको संख्या १५ छ। हालसम्म ६७४ जना संक्रमित डिस्चार्ज भएका छन्।