इटहरी:  बिहिबार प्रदेश एकमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा सुनसरीका ३ र झापाका ३ जना रहेका छन् ।

संक्रमितहरु सुनसरीको भोक्राह नरसिंह गाउँपालिकाका २ जना र रामधुनी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यो सगैं सुनसरीमा कोरोना संक्रमतिको संख्या ४३ पुगेको छ ।