इटहरीः बिहीबार कोरोना संक्रमण देखिएका रामधुनी नगरपालिका ५ झुम्काका युवा भारतबाट आएको खुलेको छ ।
उनी गत जेठ २१ गते भारतको डिल्लीबाट महेन्द्रनगर सम्म सार्वजनिक बसमा आएका थिए ।

त्यस यता भने उनी आफ्नै निजि सवारी साधनमा श्रीमती र एक जना छोरा सहित झुम्का आएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए । उनी सिधै क्षेत्रीय कृषि तालिम केन्द्र झुम्कास्थित क्वारेन्टाइनमा आएर बसेका थिए । पौडेलका अनुसार केही दिन अघि क्वारेन्टाइनमा रहेका थप ३४ जनाको स्वाब संकलन गरी विराटनगर पठाइएको थियो ।

जसमा संक्रमित युवाकी श्रीमती सहित अन्य ३१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने उनको पोजेटिभ आएको छ । अन्य ३ जनाको रिपोर्ट आउन बाँकी छ । संक्रमित युवालाई पोजेटिभ देखिएपछि बिहिबार दिउँसो करिब ४ बजे मोरङको सुन्दरहरैंचामा रहेको पुर्वाञ्चल विश्व विद्यालयको आईसोलेसनमा थप उपचारका लागि लगिएको छ । उनको अबस्था सामान्य रहेको छ ।