इटहरीः कोरोना संक्रमण पुष्टि भई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका ३० जना आज पूर्ण रुपमा निको भई डिस्र्चाज भएका छन् ।
कोरोना निको भई डिस्र्चाज हुनै ३० जना नै झापा जिल्लाको कचनकवल गाँउपालिकाका रहेका छन् ।निको भई घर फर्किनेमा १८ देखि ४५ बर्ष उमेरका पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । डब्लु एचओको मापदण्ड अनुसार उनिहरुको पछिल्ला २ पटकको स्वाब परिक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको कोभिड १९ अस्पतालको आइसोलेशन भर्ना भएकाहरु मध्ये हालसम्म ९२ जना निको भएर घर फर्किसकेका छन् । हाल प्रतिष्ठानमा पुराना २४ जना नयाँ थपिएका ८ जना गरि ३२ जना उपचार गराईरहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।