इटहरीः विगत ५ बर्षदेखि होटल तथा पर्यटन क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्रिमियर होटल स्कुल इटहरीले यसै शैक्षिक शत्रबाट फरक सोचका साथ प्लस टु संचालन गर्ने भएको छ ।
प्रिमियर गु्रपमा रहेका शिक्षा क्षेत्रका विज्ञहरुको एक समुहले हाल प्रिमियर होटल स्कुल संचालन भईरहेको स्थानमा व्यवस्थित तरिकाले प्लस टु संचालनका लागि तयारी पुरा गरेको छ । नेपाल सरकारको शैक्षिक करिकुलम अनुसार नै नयाँ पद्धतीबाट पठन पाठन गरिने प्रिमियर होटल स्कुलका प्रिन्सिपल सुवास लुँइटेलले बताए ।
उनका अनुसार अनुसार हालको अवस्थालाई मध्यनजर गरि प्लस टुलाई पूर्ण रुपमा सुचना प्रविधि युक्त बनाईने छ । विद्यार्थीहरुलाई अध्यापन गराउँदा पुरानो शैलीबाट मुक्तभई नयाँ तरिकाले सुचना प्रविधिको भरपुर उपयोगी पढाइने प्रिन्सिपल लुँईटेलले बताए ।
विद्यार्थीहरुलाई करिकुलम भित्रको अध्यापनका साथै बाहिर ज्ञान सीपमा लागि बार्षिक रुपमा १० भन्दा बढी इभेन्टहरु संचालन गरिने छ । विद्यार्थीहरुले आफ्नो सिकाई र अनुभवनहरु साटासाट गर्नका लागि इटहरी बाहिर लगेर अनुभव साटा साटको व्यवस्थापनि मिलाइएको छ । 


यसै शैक्षिक शत्रबाट  व्यवस्थापनमा पठन पाठन गरिने सो प्लस टुमा व्यवस्थापनका साथै होटल म्यानेन्जमेन्ट, कम्प्युटर सीप लगायतका बिषयमा पनि अध्यापन गराईने छ । पढाईको अलबा खेलकुदलाई प्राथमिकता दिईने प्रिन्सिपल लुँइटेलले बताए । त्यसका लागि खेलक्षेत्रका अन्तराष्टिय रुपमै स्थापित खेलाडीलाई फोकल पर्सनका रुपमा राखिने छ । विद्यार्थीहरुको रुची अनुसारको खेलकुद सिकाईका लागि इटहरीमै रहेको रंगशाला र फुटसल लगायत अन्य संस्थाहरुसंगको सहकार्य गरिने लुँइटेलले बताए । विद्यार्थीहरुलाई स्थानीय बैंक, वित्तिय संस्था , उद्योग र होटलमा इन्टनसीपको व्यवस्थापन पनि मिलाइएको लुँइटेलले बताए । त्यसैगरि विद्यार्थीहरुको सीटीभिटीबाट स्कील टेष्टको व्यवस्थापनि मिलाइएको उनले बताए ।

प्रिमियर होटल स्कुलले संचालन गर्ने प्लस टु अध्ययन पछि वीए लेबल पुरा गरेका विद्यार्थीहरुसंग प्रतिष्पर्धा गर्न सक्ने क्षमतावान बनाइने प्रिन्सिपलले लुँइटेलले बताए । प्लस टुमा एयर कन्डिसन सहितको कक्षा कोठा, प्रोजेक्टरबाट अध्यापनको व्यवस्था गर्नुका साथै स्तरीय हाईटेक कम्प्युटर ल्याबको व्यवस्थापन गरिएको उनले बताए । विद्यार्थीहरुलाई स्कलरसीपको पनि व्यवस्था गरेको उनले जनाए । प्रिमियर गु्रपले नै संचालन गरिरहेको प्रिमियर होटल स्कुलले हालसम्म ३ सय बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । उनिहरु यतिबेला स्वदेश तथा विदेशका बिभिन्न होटल तथा पर्यटन उद्योगहरुका जागिर खाईरहेका छन् ।