इटहरीः कोरोना संक्रमण भई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेका ८ जना आज निको भई घर फर्किएका छन् ।
प्रतिष्ठानमा उपचार गराईरहेका झापाका एक जना पुरुष, ताप्लेजुगंका ३ जना पुरुष , सुनसरीका ३ जना पुरुष र पाँचथरका १ जना पुरुष निको भई घर फर्किएका हुन् । निको भएर घर फर्किएका पुरुषहरु १८ बर्षदेखि ४० बर्ष उमेर समूहका रहेका छन् ।
उनिहरु जेष्ठ २० र २१ गते कोरोना संक्रमण भई उपचारका लागि वीपी प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । प्रतिष्ठानबाट योसंगै कोरोनालाई जितेर(निको) भई घर फर्किनेहरुको संख्या १ सय पुगेको छ । हाल प्रतिष्ठानमा २४ जना कोरोना संक्रमितको उपचार भईरहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
ु