इटहरी :उपचारको क्रममा शुक्रबार मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी ती बालकको शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएको थियो। बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परिक्षण गरिएको थियो । आरडीटी पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा राखेर नारायणी अस्पतालको टोली बोलाइएको थियो ।
नारायणीको टोलीले गरेको आरडीटी परीक्षण पनि पोजिटिभ आएपछि थ्रोट स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको ल्याबमा टेस्ट रिपोर्ट पोजिटिभ आएको डा. उदयनारायण सिंहले जानकारी दिए ।