वीरगञ्जः पर्सामा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जको घण्टाघरमा भेटिएका मृतकको नाम, थर, ठेगाना खुलेको छैन । उनको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो । मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले बताएको छ ।
शव उठाउने लगायतका कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।