आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कुल संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । २४ घण्टाभित्र ६१ जना निको भएर घर फर्किएका उनले बताए ।

कोरोना भाइरसका कारण नेपालमा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ भने ९ सय ७४ जना निको भएर घर फर्किएका छन् ।