संखुवासभाः संखुवासभाको चैनपुर नगरपालिका–६ मा उपचारको क्रममा विरामीको मृत्यु भएपछि प्राथमिक स्वास्थ्य केन्द्र सिल गरेको छ । विरामीको शंकास्पद मृत्यु भएपछि प्राथमिक स्वास्थ्य केन्द्रले दैनिक प्रदान गर्ने सेवा पिसीआर रिपोर्ट नआए सम्मका लागि शिल गरेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । चैनपुरको वडा नम्बर–६ ले हस्पीटल चोकको पाँचखपन नगरपालिकाको वाना जाने बाटो आसपास शिल गरीएको मेडिकल अधिकृत विनोद बेकोजुले जानकारी दिए ।
सोमबार झापा घर भई हाल मामा घर चैनपुर –२ बस्ने ३५ बर्षिय याम बहादुर कार्कीको उपचारको क्रममा मृत्यु भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरलाई सिल गरिएको हो । उनको उपचारकै क्रममा मृत्युको र उनी कोराना संक्रमित भएको हुन सक्ने आशंकामा स्वास्थ्य केन्द्र शिल गरेको स्वास्थ्य केन्द्रले विज्ञप्तीमा सार्वजनिक गरेको छ ।
मृत्यु भएका ३५ बर्षिय कार्कीको कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्र सिल गरिएको मेडिकल अधिकृत बेकोजुले बताए । उनलाई ज्वरो, रुघाखोकी,स्वासप्रस्वास समस्या देखिएको थियो । एक साता देखि विरामी भएका कार्कीलाई सोमबार विहान अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा मृत्यु भएका कार्कीको पिसीआर परिक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । मृतक कार्कीको शव पिसीआरको रिपोर्ट नआए सम्म प्राथमिक स्वास्थ्य केन्द्रमै राख्ने मेडिकल अधिकृत बेकोजुले बताए । विरामीको शंकास्पद मृत्यु भएपछि प्राथमिक स्वास्थ्य केन्द्रले दैनिक प्रदान गर्ने सेवा पिसीआर रिपोर्ट नआए सम्मका लागि शिल गरेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । चैनपुरको वडा नम्बर–६ ले हस्पीटल चोकको पाँचखपन नगरपालिकाको वाना जाने बाटो आसपास शिल गरीएको छ ।