इटहरीः कोरोना संक्रमण भई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका मध्ये आज ४ जना निको भई घर फर्किएका छन् ।
निको भई घर फर्कनेहरुमा झापा जिल्लाका ४ जना २२ देखि ३५ बर्ष उमेरका पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् । उनिहरु जेष्ठ १४ देखि १७ गतेभित्रमा प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएका थिए । योसंगै प्रतिष्ठानबाट कोरोना उपचार गराई निको भएर घर फर्किनेहरुको संख्या १ सय १४ जना पुगेको प्रवक्ता सापकोटाले बताए । हाल प्रतिष्ठानमा ५४ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ ।