इटहरीः कोभिड १९ को सँक्रमणबाट संकटमा रहेका व्यवसायीलाई इटहरी उद्योग वाणिज्य सँघले बीमा गरिदिएको छ । सँघमा विधिवत रुपमा सदस्य रहेका सम्पुुर्ण व्यवसायीलाई एकमुुष्ट बीमा गर्ने निर्णय भएको महासचिव पिताम्बर पोख्रेलले जानकारी दिए ।
इटहरी क्षेत्रभित्र रहेका व्यवसायीलाई कोभिड १९ को सँक्रमण देखिए तत्काल ५० हजार पाउने व्यवस्थासहितको बीमा गरिएको हो । साथै समस्यामा रहेका व्यवसायीलाई सँघमा आवद्ध पदाधिकारी र सदस्यहरुले न्यूनतम एक महिनाको घरभाडा नलिनेसमेत निर्णय भएको छ । ‘हामीले भाडा छुट गर्ने अभियान थालेपछि अरु घरधनीले पनि लिनुुहुन्न र व्यापारीलाई राहत हुने महसुस गरेका छौँ ।’ पोख्रेलले भने ।
योसँग सँघले इटहरी उपमहानगरपालिकासँग व्यवसायीक करको केहि प्रतिशत दिन माग गरेका छन् । यस अघि सँघलाई इटहरीले व्यवसायीक करको थोरै प्रतिशत दिने प्रचलन रहे पनि अहिले दिन छाडिएको हुँदा नगरपालिकालाई माग गर्ने तयारी भएको । ‘हामीले सो करको अंशलाई व्यवसायीकै हित र प्रबद्र्धनमा खर्च गर्नेछौँ ।’ पोख्रेलले भने– ‘पहिले दिएर अहिले के कति कारणले छाडियो अब खोज्नेछौँ । ’