इटहरी: बुधबार एकै दिन नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ । बुधबार थपिएका कोरोना संक्रमित अहिलेसम्मकै सबैभन्दा धेरै रहेको छ ।