इटहरी : प्रदेश १ मा १४ जनामा कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताका अनुसार पछिल्लो २४ घण्टामा झापाको झापा गाउँपालिकामा १ जना, मोरङको रतुवामाई नगरपालिकामा ९ जना, र उदयपुरको त्रियुगा नगरपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ । सबैको अबस्था सामान्य रहेको छ ।