संखुवासभाः कोरोना भाइरसका संक्रमणका कारण देश लकडाउनको अवस्थामा छ । लक डाउनका कारण अहिले विद्यालयहरुमा पठन पाठन ठप्प भएको छ । यता नेपाल सरकारले नमुना विद्यालयका रुपमा स्वीकृत गरेको संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारको मनकामना रत्न अम्विका माध्यमिक विद्यालयले कोरोना भाईसरको संटकमा पनि विभिन्न माध्यमबाट कक्षा संचालन गर्दे सिकाईलाई तिब्रता दिइरहेको छ ।
विद्यार्थीको सिकाई निरन्तरताका लागि यूडब्लू एस,नेपाल मनराम फाउन्डेसन तथा विद्यालयको सहकार्यमा विद्यालयकै विषय शिक्षकद्धारा कक्षा–८,९र १० का विद्यार्थीहरुलाई अनिवार्य चार विषय नेपाली,अगे्रजी ,विज्ञान र गणित विषयको रेडियो पाठ शिक्षण संखुवासभा एफ एम देखि भईरहेको छ ।
नर्सरी देखि कक्षा सात सम्मका विद्यार्थीहरुका लागि विद्यालयका शिक्षकहरुलाई तोकेर कक्षागत विद्यार्थीहरुको सिकाई सहजिकरणको जिम्मेवारी दिइएको छ । रेडियो संखुवासभा ९५.५ मेगाहज बाट हरेक विहान ९.३० देखि १०.३० बजे सम्म कक्षा –१० को र बेलुका ४ बजे देखि ५ बजे सम्म कक्षा –९ को र बेलुका ५ देखि ६ बजे सम्म कक्षा–८ को रेडियो बाट पाठ शिक्षणलाई निरन्तरता दिइरहेको छ । टेलिभिजन,अनलाइन जस्ता शिकाई सुविधा नभएका दुर्गम क्षेत्रका बसोबास गर्ने आर्थिक र सामाजिक रुपमा पिछडीएका विद्यार्थीहरुलाई लक्षित गरि रेडियो पाठ शिक्षण संचालन भइरहेको विद्यालयका प्रधानाध्यापक कुबेर प्रसाद भेटुवालले बताए ।
त्यस्तै गरी विद्यालयको आफ्नै प्रयासमा कक्षा नर्सरी देखि कक्षा सात सम्मकम विद्यार्थीहरुलाई मोवाइल मार्फत सिकाई सहजिकरण गरिरहेको छ । कक्षा –३ का बर्ग शिक्षक अनन्त मोक्तानले  कक्षाका आफ्नो भागमा परेका विद्याथीलाई सहजिकरण गरिएको बताउनु हुन्छ । सहजिकरण गर्दा टेलिभिजनका कक्षा समेत हेर्ने, नबुझेका पाठहरुको बारेमा प्रश्न उत्तर गर्ने जस्ता क्रियाकलपहरु संचालन गएिको बताउनु हुन्छ । यस्तो सिकाई बाट अभिभावक तथा विद्यार्थीले सकारात्मक प्रतिक्रिया दिएका छन् । त्यसै गरी कक्षा सातका बर्ग शिक्षक रामेश्वर कार्की पनि विद्यार्थीहरुलाई सिकाई सहजिकरणका लागि सम्र्फक गरिएको र अझै प्रभावकारी ढंगको सिकाई गर्ने लागिरहेको बताए । नजिककै घर भएका स्थानिय शिक्षकहरु विद्यार्थीलाई घर–घर गएर सिकाई साहयता उपलब्ध गराएको बताए ।
विद्यालयले संचालन गरेको यस्ता सिकाई सहजिकरणका क्रियाकलापहरुलाई अनुगमन गरि अmभ प्रभावकारी बनाउन विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष देवेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिती समेत बनेको छ । अनुगमन समितीका सदस्यहरुमा शिक्षक अभिभावक संघका अध्यक्ष कमला श्रेष्ठ ,पूर्व विद्यार्थी मंञ्चका विमल गौतम,आमा समूहकी अध्यक्ष ममता कोइराला र विद्यालयका प्रअ कुबेर प्रसाद भेटुवाल रहेका छन् । गत बर्ष मनकामना स्कूलमा १२ सय ३१ विद्यार्थी संख्या रहेको थियो भने यस बर्ष भर्नाको चाप हेर्दा सो संख्या निकै माथि पुग्ने अनुमान गरिएको छ ।

103666780_698265594298396_5923614850825286308_n
निजी विद्यालय तथा नजिकका अन्य विद्यालय छाडेर विद्यार्थी आउनाले विद्यालयमा आर्कषण बढेको देखिन्न सकिन्छ । यसरी विद्यालयमा आर्कषण बढ्नुमा निरन्तर अभिभावकको सहयोग, सहभागिता र सुरक्षित खानेपानी र शौचालय ब्यवस्वथा, आर्कषक प्रयोग शाला र पुस्तककालय ,मनोमहक बालउद्यान र बगैचाहरु प्रविधि मैत्री शिक्षण सिकाई ,समयको पालना गर्ने शिक्षक,कर्मचारी तथा विद्यार्थीहरु र योजना वद्ध शैक्षिक ब्यस्थापकीय तथा भौतिक कार्यक्रमहरुको विस्तारले आर्कषण गरेको छ ।
विद्यालयको स्वीकृत गुरुयोजना अनुसारका भौतिक निमार्णका कार्यक्रम संचालन गर्ने बार्षिक एक करोड ५० लाख रुपैया उपलब्ध गराउन गरेको छ । गत बर्षकाम सबै कार्यक्रम सपन्न गरिसकिएको छ भने चालु आवका चालु बर्षका भौतिक निर्माणका काम सम्पन्न गरी खाँदबारी नगरपालिकामा रकम निकासाका लागि फाइल पेश गरिसकिएको छ । शैक्षिक क्षेत्रमा यस विद्यालयले अघिल्ला दुई बर्षमा निरन्तर जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । जसका कारण यस विद्यालयलाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पहिलो बर्ष ५ लाख र दोस्रो पटक २ लाख नगद प्रमाण पत्र सहित सम्मान गरेको थियो । त्यसै गरी खाँदबारी नगरपालिकाले समेत दुई पटक नगद २ लाख उत्कृष्ट विद्यालय प्रात्साहन पुरस्कार प्रदान गरिसकेको छ । यस विद्यालयमा विद्यार्थीहरुको आर्कषण बढ्नुको मुख्य कारण प्राविधिकधार अन्र्तरगत सिभिल इन्जिनियरिङको कक्षा ९ देखि १२ संचालन तथा विद्यालयले कक्षा नर्सरी देखि सुरु गरेको अग्रेजी माध्यमको पठन पाठन सुरुवात नै हो ।

104681527_1170358629975036_8160950114717675007_n
हाल यस विद्यालयमा साधारण धार तर्फ १९ जना शिक्षकहरु,प्राविधिकधार तर्फ ९ जना प्रशिक्षहरु,सरकारी अनुदानमा कार्यरत छन् भने १७ जना शिक्षक तथा कर्मचारीहरु निजी स्रोत बाट तलव भत्ता खाने गरि नियुक्ती भएको विद्यालयले जनाएको छ । निजी स्रोत बाट तलव भत्ता खाने सबै शिक्षक कर्मचारीलाई अभिभावक सहयोग चन्दा,दानदातब्य मार्फत तलव खुवाउने गरिएको विद्यालयका देबेन्द्र घिमिरेले बताए । यस्ता कठिन आर्थिक अवस्थामा पनि विद्यालय संचालनमा चुनौतिपूर्ण भएर पनि अभिभावकहरुको उत्साहजनक सहभागिताले सहज महशुस भएको र खाँदबारी नगरपालिकाले शिक्षक दरवन्दी मिलान गर्दा निकट भविष्यमा प्राप्त गर्ने शिक्षक दरवन्दी उपलब्धता बाट अझ संचालनमा सहयोग मिल्ने विस्वास विद्यालयका प्रध्यानाध्यापक कुबेर प्रसाद भेटुवालले बताए ।
विद्यालय भित्र रहेका चमेना गृह र उत्कृष्ट स्तरका अतिरिक्क्त क्रियाकलपहरुनै अन्य आर्कषणका कारणहरु हुन् । जिल्ला स्तरीय राष्ट्रिपति रनिङ शिल्ड ,नगर स्तरीय खेलकुद प्रतियोगितामा समेत यसै विद्यालयले प्रथम स्थान हासिल गर्दे आएको छ । यति हुदाँ हुदै पनि विद्यार्थी संख्या अनुसारको शिक्षक ब्यवस्थापन र बढ्दै गएको ब्यवस्थापन संचालन गर्ने चाहिने कर्मचारी अभावका कारण विद्यालय संचालनका लागि कठिनाई भईरहेको विद्यालयका भेटुवालले बताए ।