इटहरी :शुक्रबार वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याइदैं छ । कतारबाट मात्रै २० जनाको शव नेपाल ल्याउन लागिएको हो ।
वैदेशिक रोजगारीका क्रममा कतारमा ज्यान गुमाएका मोरङ, सप्तरी, सिराहा, भोजपुरसहित १३ जिल्लाका २० जना नेपालीको शव शुक्रबार नेपाल ल्याउने तयारी गरिएको छ । ती शवहरु लिएर कतार एयरलाइन्स सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने छ।
कतार एयरलाइन्सले थप ४३ जना नेपाली पनि लिएर आउने जनाएको छ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो। साउदी अरब, यूएई र कुवेतबाट पनि चार वटा शव आउँदैेछन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार क–कसको शव आउँदैछ ?
कतारबाट :
मोरङको कोसी हरैँचाका युवराज अधिकारी
भोजपुरको देउरालीका मीनबहादुर थापा
भोजपुरको तुङ्गेछाका मंगलबहादुर तामाङ
सप्तरीको लोहताराका राजेन्द्रप्रसाद भण्डल
सिराहाको परासीका रुपेशकुमार मण्डल
सिराहाको सुखचैनाका कासिदेव यादब
लमजुङको धोदेनीका कुम्बा तामाङ
बाँकेको रझेनाका भक्तबहादुर थापामगर
कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान
सर्लाहीको हरिवनका मुस्ताक साइक
सर्लाहीको इश्वरपुरका अरुणकुमार पजियार
सर्लाहीको सधोवाका पासवान
सुर्खेतको सहारेका नरबहादुर कामी
बर्दियाको मोतिपुरका सुकराम थारु
महोत्तरीको दम्हीका शिवशंकर राउत
महोत्तरीको औरहीका अनिल चौधरी
धनुषाको भरतपुरका चुतर्वा मण्डल
मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर
रुपन्देहीको देवदहका यामबहादुर थापा
कुवेतबाट :
संखुवासभाका मानबहादुर आले
नुवाकोटका सोनु तामाङ
युएईबाट :
सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पा
साउदी अरबबाट :
भैरबबहादुर बस्नेत
वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख राजनकुमार श्रेष्ठका अनुसार ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी शवलाई घरसम्म पुर्याइदिने व्यवस्था छ ।
यसअघि बिहीबार पनि दुईवटा शव ल्याएको थियो। कोरोना भाइरसको महामारी र लकडाउनपछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव अलपत्र परेको थियो।
त्यसअघि विदेशमै दाहसंस्कार गर्न सहमती दिने परिवारलाई सरकारले ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो। धेरै परिवार भने मृतक आफन्तलाई जसरी पनि स्वदेशमै ल्याएर दाहसंस्कार गर्ने पर्खाईमा थिए।