इटहरी: सरकारले लकडाउनको अवधिमा रातको समयमा हिँडडुल गर्न रोक लगाउने निणर्य गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) नियन्त्रणका लागि लगाएको लकडाउन खुकुलो बनाएसँगै संक्रमण जोखिम बढ्ने आँकलन गर्दै रातको समयमा हिँडडुल गर्नदेखि १५ जनाभन्दा बढीको जमघट नगर्न आग्रह गरेको हो ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड २०७७’ अनुसार अत्यावश्यक कामबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको हो ।

ुअत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई राति १० देखि बिहान ५ बजे हिँडडुल गर्न पूर्णतः निषेध गर्न,ु गृहको सुरक्षासम्बन्धी मापदण्डमा भनिएको छ । ११ चैत २०७६ देखि सुरु भएको लकडाउन १ असारदेखि केही खुकुलो भएपछि हिँडडुल गर्नेको संख्या बढेसँगै गृह मन्त्रालयले कडाइ गर्ने निर्णय गरेको हो ।

गृहको सुरक्षा मापदण्डमा विवाह, व्रतबन्ध, मृत्यु संस्कारजस्ता धार्मिक तथा सांस्कृतिक कार्यमा १५ जनाभन्दा बढीलाई भेलामा पनि रोक लगाइएको छ । कार्यस्थलमा रहँदा वा हिँडडुल गर्दा न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

lockdown-naya-niyam