विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोहि पनि नेपाली भोकै मर्न नपर्ने बताएका छन् । प्रदेश एकको संसदमा सम्बोधन गर्दै ओलीले मुलुक शान्ति र विकासमा अघि बढिरहेको भन्दै अब साना तिना समस्या ननिम्तिने बताए ।

अघिल्ला सरकार जस्तो सामान्य कुरामा अल्झिने नभइ विकास र सुसासनको मामलामा सरकार नरोकिने स्पष्ट पारे । उनले नेपालको प्राकृतीक स्रोत र साधनलाइ अधिकतम उपयोग गर्दै समृद्धिको बाटोमा अघि बढ्ने बताए । सरकार अधिनायकवादको बाटोमा अघि नबढ्ने बताउँदै त्यसको मुुल्याँकन जनताले गर्ने दाबि गरे । ओलीले प्रदेश एकको संसदमा अहिले सम्बोधन गरिरहेका छन् ।

ओलीले सम्बोधन गर्नुु पुर्व संसदीय रिपोर्टिङमा खटिने पत्रकारलाइ प्रवेश गर्न दिइएको थिएन । पत्रकारहरुले संसद सचिवालयमा धर्ना दिए पछि केहि सहज भएको थियो ।