साँइला दाई आउनु भयो

  • असार ६, २०७७
  • ५२८ पटक पढिएको
  • मनोज कार्की
alt

ठुलो जहाज चढेँर
एसिको बाकसमा
साँइला दाई आउनु भयो
उहाँ संगै दर्जनौ दाजुभाई आए ।

बर्षौ पहिले,
कालो छाला लिएर
मनभरी पीडा लिएर
धेरथोर ऋणपान लिएर
सपना आलिसान लिएर
गएको साँइला दाई आउनु भयो
ठुलो जहाज चढेर
एसिको बाकसमा ।।

उहाँका पसिनाको मोलमा
तोप, सलामी टक्रेन
कहि कतै परेड चलेन
बाटोमा सहिद भनिदेँउ भन्दै
टायर पनि जलेन
रुदै रुदै गएको साँइला दाई
चुपचाप चुपचाप आउनु भयो
ठुलो जहाज चढेर
एसिको बाकसमा ।।

रेमिट्यान्समा उहाँले जन्माएका
रकम भुक्तानी कोडहरु
उहाँको जिवनका लेजरमा
छन कि छैनन
उहाँको पसिनाले नुहाएका
सफा सुग्गर नोटहरु
बाकस छेउ कन्तुरोमा
छन कि छैनन
न हिसाब छ, न निसाब छ
बेखर्ची बेखर्ची भएर साँइला दाई आउनु भयो
ठुलो जहाज चढेर
एसिको बाकसमा ।।

सपनाका पेश्की फस्र्यौट नहुदै
देशको कमाईको आशा टुटाएर
सिन्दुर पुछेर,हातको चुरा फुटाएर
धान रोप्दा रोप्दै,
दाउरा काट्दा काट्दै
गएको साँइला दाई
मेलापात जान नसक्ने भएर आउनु भयो
ठुलो जहाज चढेर
एसिको बाकसमा
साँइला दाई आउनु भयो
उहाँ संगै दर्जनौ दाजुभाई आए ।

प्रतिक्रिया दिनुहोस

विदेशबाट फर्किएका मह ...

इटहरीः विवाह गरेको ऋण ७ वर्षसम्म तिर्न नसकेपछि श्रीमान्‌कै सल्लाहमा ६ वर्षअघि सुनसरीकी राधिका र ...

संखुवासभा पहिरो : ९ ...

संखुवासभा: संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको वेसिन्दामा आइतबार राती पहिरोमा ब ...

संखुवासभाको सिलिचोङ ...

खादँबारी: संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाहरुको पहिचान खुलेको छ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved